कर्णाली पुलमा आवागमन बन्द

कर्णाली पुलमा आवागमन बन्द

737

काठमाडौँ, २९ फागुन । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ ।

प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यका अनुसार पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको छ । आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउने भएकोले पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेको हो ।

कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट संघीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्नुपर्ने छ ।

तपाईको बिचार

सम्बन्धित खबर