लागु औषध हेरोइन कारोबारी पक्राउ

लागु औषध हेरोइन कारोबारी पक्राउ

795

ललितपुर, २८ फागुन । लागु औषध हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने ३६ वर्षीय अनिल गिरीलाई पक्राउ गरेको हो ।

लागु औषध कारोबार गर्ने व्यक्तिको खोजी कार्य गर्दै जाँदा प्रारम्भिक अनुसन्धान पश्चात् लागु औषध खैरो हेरोइन जस्तो देखिने करिब ४० ग्राम साना-साना प्लास्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गिरीलाई पक्राउ  गरी थप आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर