काठमाडौँ, २६ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीका अनुसार हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै रहेको थियो ।
कोषले हिजो बिहान २ बजेदेखि आज बिहानसम्म २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको थियो । हिजो एकैपटकमा १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको थियो । शिवरात्रिका अवसरमा भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।
यसवर्ष पशुपतिमा तीन हजारभन्दा बढी साधुसन्त आएका विकास कोषको अनुमान छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सीसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ ।
तपाईको बिचार