स्वास्थ्य मन्त्रालयको विकृति सफा गर्न अझै २ वर्ष लाग्छ : मन्त्री बस्नेत

स्वास्थ्य मन्त्रालयको विकृति सफा गर्न अझै २ वर्ष लाग्छ : मन्त्री बस्नेत

767

काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।

आज मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।’ उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए ।

तपाईको बिचार