स्थायी समिति सदस्यहरूद्वारा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिनुपर्ने सुझाव

स्थायी समिति सदस्यहरूद्वारा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिनुपर्ने सुझाव

729
sf7df8f}F, @@ r}tM dfcf]jfbL s]Gb|sf] kbflwsf/L a}7s g]skf -dfcf]jfbL s]G›_sf] kf6L{ s]Gb|Lo sfof{no k]l/;8fF8fdf a’waf/ a;]sf] kbflwsf/L a}7sdf pkl:yt kf6L{sf cWoIf Pj+ k|wfgdGqL k’iksdn bfxfn …k|r08Únufot g]tfx¿ tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, १५ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ । आज पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए । आजको बैठकले कार्यविभाजनबारे टुङ्गो लगाउने भनिए पनि आज सो कुरा हुन सकेको सापकोटाले जानकारी दिए ।

सापकोटाको अनुसार आजको बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । त्यस्तै भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषयका बारेमा पनि छलफल भएको थियो । ‘अध्यक्षले आज खासै कुरा राख्नुभएन । अब उहाँले भोलि आफ्ना कुराहरू राख्नुहुन्छ होला,’ उनले भने । बैठक बुधबार बिहान पुनः बस्ने उनको भनाई छ ।

तपाईको बिचार