सभापति देउवाद्वारा नेविसंघ अध्यक्ष शेर्पालाई विवाद मिलाउन निर्देशन

सभापति देउवाद्वारा नेविसंघ अध्यक्ष शेर्पालाई विवाद मिलाउन निर्देशन

721

काठमाडौँ, १५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद मिलाउन निर्देशन दिएका छन् ।

आज बिहान नेविसंघको शेखर कोइराला-गगन थापा समूह बूढानीलकण्ड पुगेपछि देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई विवाद मिलाउन निर्देशन दिएका हुन् ।

शेखर-गगन समूहका नेविसंघ केन्द्रीय सदस्यहरूले विवाद समाधान गर्न पहल गरिदिन देउवासँग आग्रह गरेका थिए । सभापति देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर मात्रै केन्द्रीय समिति बैठक गर्न निर्देशन दिएका छन्।

तपाईको बिचार

सम्बन्धित खबर