स्कार्पियो र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

स्कार्पियो र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

743

रौतहट, १५ फागुन । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका वडा ३ मा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिँदा  दुईजना युवकको मृत्यु भएको छ ।

सर्लाहीका प्रहरीका अनुसार गएराति मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल  एक आपसमा ठोकिएको हो । मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर  चालक भने फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर