आयोगद्वारा उपनिर्वाचन कार्यतालिका सार्वजनिक

आयोगद्वारा उपनिर्वाचन कार्यतालिका सार्वजनिक

757

काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले दुई क्षेत्रमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मिति २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिनेछ ।

press11-14

तपाईको बिचार

सम्बन्धित खबर