जसपाको दुई स्वायत्त क्षेत्र समिति पुनर्गठन

जसपाको दुई स्वायत्त क्षेत्र समिति पुनर्गठन

741

काठमाडौँ, १२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको दुईवटा स्वायत्त क्षेत्र समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका समितिम कोसी प्रदेशअन्तर्गतका मेचे स्वायत्त क्षेत्र समिति र धिमाल स्वायत्त क्षेत्र समिति रहेका छन् ।

शनिबार झापाको लाउख्रीफारामा आयोजित भेलाले अग्नीमाया मेचेको अध्यक्षतामा ११ सदस्यीय समिति पुनर्गठन गरेकोे हो । त्यस्तै मोरङको दस बिघे मङ्गलबारेमा आयोजित भेलाबाट बाङगाई धिमालको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।

तपाईको बिचार