काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् ।
आज प्रतिनिधिसभा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनका कारण प्रभावित भएपछि सभामुखले संवाद अघि बढाएका हुन् ।
बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन ।
तपाईको बिचार