कालोमोसो दलेको आरोपमा एक जना पक्राउ

कालोमोसो दलेको आरोपमा एक जना पक्राउ

875

काठमाडौँ, ९ फागुन । यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा घर भएका ३२ वर्षीय शुक बहादुर परियार छन् । उनलाई पोखराबाट पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ । शुक बहादुर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनका केन्द्रीय सदस्य हुन ।

माघ २९ मा मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा महानिर्देशक उद्धव प्रसाद रिजालमाथी दुर्व्यवहार भएको थियो । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा महानिर्देशक पराजुली संलग्न भएको आरोप लगाउँदै कालोमोसो दलेको हो । घटनाबारे प्रहरी वृत बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर