काठमाडौँ, ८ फागुन । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर, प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको छ ।
बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
तपाईको बिचार