विराटनगर, ८ फागुन । विराटनगर महानगरपालिका–३ स्थितमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको हो छिन् । दुर्घटनामा घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प. १२१५ नम्बरको मोटरसाइकलले बाटो काट्दै गर्दा ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको बिचार