विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

731

काठमाडौँ, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुनसहित ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरेको हो  ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनी सोमबार राति पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अर्धठोस सुन ८५५ ग्राम बरामद गरेको छ ।
उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय बुझाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर