अवैध लागुऔषधसहित ६ जना पक्राउ

अवैध लागुऔषधसहित ६ जना पक्राउ

702

काठमाडौँ, ८ फागुन । अवैध लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका-३० पावरहाउस स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ ग्रामसहित मकवानपुर हेटौडा उपमहानगरपालिका-१८ हरमाडी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई सोमबार राति पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ६०४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १२ मिलिग्रामसहित भारत घर भएका २१ वर्षीय मो.सल्मानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यता झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीया शोभा श्रेष्ठ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र  प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले श्रेष्ठको घरको तलासी गर्दा उक्त पदार्थ, मोबाइल ११ थान,  नगद  ३७ हजार रूपैयाँ, घडी ४ थान, इयरबट २ थान, पावरबैंक १ थानसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुअथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर