देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष ओली

देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष ओली

857

काठमाडौँ, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्र सेवक सहकारी संस्था लिमिटेडको पाँचौं राष्ट्रिय सहकारी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताए । नेपाल जस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे ।

तपाईको बिचार