दुई जना मृतावस्थामा फेला

दुई जना मृतावस्थामा फेला

763

काठमाडौँ, ७ फागुन । दुई स्थानमा दूई जना मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिला मृतावस्थामा फेला परेकी हुन् ।
ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

त्यस्तै सप्तरीको राजबिराज नगरपालिका-६ मुसहरी बस्तीस्थित सडक छेउमा भारत दरभाङगा घर भएका ६५ वर्षीय महेन्द्र सहनी सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर