काठमाडौँ महानगरपालिकाका वडा-वडामा अनुगमन समिति

काठमाडौँ महानगरपालिकाका वडा-वडामा अनुगमन समिति

747

काठमाडौँ, ७ फागुन । काठमाडौँ महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ ।

महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो । परियोजना अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो ।

कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति व्यवस्था गरिएको छ । यस बमोजिम समिति गठन भएर क्रियाशील छ ।

यो समितिमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुखले तोकेको एक महिलासहित २ जना कार्यपालिका सदस्य, सार्वजनिक निर्माण विभागका प्रमुख र कानुन तथा मानव अधिकार विभागका प्रमुख सदस्य छन् । समितिको सदस्य सचिव योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख छन् ।

तपाईको बिचार