काठमाडौँ, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा मात्रै लोकतन्त्रले के दियो भनेर बोल्न सकिने बताएका छन् ।
आज प्रजातन्त्र दिवशको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले प्रजातन्त्रको महत्व निरंकुशतन्त्र भएको समयमा मात्र थाहा हुने उल्लेख गरे । सन्देशमा उनले प्रजातन्त्र वा लोकतन्त्र रहेका बेला लोकतन्त्रले के दिएको छ ? भन्ने विर्सदै जानु नहुने उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘जहानियाँ राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको दिन, आज फागुन ७ गते । प्रजातन्त्रको महत्व निरङ्कुशतन्त्र भएका बेला थाहा हुन्छ । प्रजातन्त्र वा लोकतन्त्र रहेका बेला लोकतन्त्रले के दिएको छ भन्ने बिर्सिइँदै जान सक्छ । लोकतन्त्रमा मात्रै लोकतन्त्रले के दियो भनेर बोल्न सकिन्छ । प्रजातन्त्र दिवसको शुभकामना’
तपाईको बिचार