आजदेखि कांग्रेस महासमिति बैठक

आजदेखि कांग्रेस महासमिति बैठक

765

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ ।

प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महासमिति बैठकका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको हो । दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।

फागुन ७ देखि १० गतेसम्म हुने बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।

तपाईको बिचार