जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २९ करोड १९ लाख जम्मा 

जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २९ करोड १९ लाख जम्मा 

745

काठमाडौँ, ६ फागुन । गत कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २९ करोड रुपैयाँ जम्मा भएको छ ।

भूकम्प पीडितको सहयोगका लागि १३६ जना व्यक्ति तथा संस्थाले २९ करोड १९ लाख ९५ हजार १३९ रुपैयाँ कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण थुप्रै संरचना भत्किँदा १५४ जनाको मृत्यु भएको थियो । साढे ३०० जनभन्दा बढी घाइते भएका थिए । भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायतका जिल्लामा ६० हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।

तपाईको बिचार