एमालेले संसदमा माग्यो मन्त्री ज्वालाको राजिनामा

एमालेले संसदमा माग्यो मन्त्री ज्वालाको राजिनामा

799

काठमाडौँ, ६ फागुन । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजिनामा मागेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा एमालेका सेचतक महेश बर्तौलाले राजिनामा तत्तकाल माग गर्नुभयो । संसदमा विरोध जनाउँदै प्रधानमन्त्रीले बर्खास्त नगरेर संसबाट नै हटाउने प्रकृया अगाडी बढाउन आग्रह गर्नुभयो । मन्त्रीकै कारण बालकुमारीको घटनामा दुई युवाको मृत्यु हुनुको मुख्य दोषी मन्त्री ज्वालाकै रहेको भनि छानविन समितिको निश्कर्ष रहेको प्रतिवेदन पेश गरेको थियो ।

उहाले सरकारले बनाएको आयोगले दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन सक्छौ भनेर सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । ‘सिपाहीलाई डन्डा र मन्त्रीलाई झन्डा किन ?’, बर्तौलाले प्रश्न गर्नुभयो । उहाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने अर्का एक मन्त्री समेत मन्त्रीका रूपमा राखेर प्रधानमन्त्रीको सुशासनको सुगारटाई नसुन्ने भन्दै भ्रष्टाचार र अनियमिततामा जोडिएका मन्त्रीहरू सरकारमा राखेर कहीँ नपुगिने गर्नुभयो ।

तपाईको बिचार