समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक बस्दै

719

काठमाडौँ, ६ फागुन । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ९ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्ने छ । बैठकमा मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । यस्तै  बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ ।

हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्षता गरिरहेको मोर्चामा सो पार्टीसहित  नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

तपाईको बिचार