आमाको आत्मदाह प्रयास: छोरीको मृत्यु

आमाको आत्मदाह प्रयास: छोरीको मृत्यु

837

झापा, ५ फागुन । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा आज बिहान छोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । आमा गम्भीर घाइते भएकी छन् । घटनामा दुवै गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए ।

मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको छ ।  उक्त नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएको छ ।

तपाईको बिचार