आर्थिक समृद्धिसँगै शान्ति र विकास मुलुकले खोजेको छ : राष्ट्रपति पौडेल

आर्थिक समृद्धिसँगै शान्ति र विकास मुलुकले खोजेको छ : राष्ट्रपति पौडेल

821

काठमाडौँ, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा आर्थिक समृद्धि मुलुकको आवश्यक रहेको बताएका छन् ।

आज काभ्रेमा वृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको मुलुकले आर्थिक विकासमा फड्को मार्नु पर्ने बताए  ।

आर्थिक समृद्धिसँगै शान्ति र विकास मुलुकले खोजेको बताए । उनले देशमा उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । गरिबिको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा रहेकाले सो क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता महसुस भएको उनले बताए ।

‘निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको छ । मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौँ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि हो,’ उनले भने ।

तपाईको बिचार