काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समितिमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको बताएका छन् ।
आज केन्द्रीय समितिको बैठकमा पौडेलले प्रतिवेदनमा समस्या आएपनि समाधानका लागि ठोस प्रस्ताव नभएको बताए । उनले भने, ‘तपाईहरुले समस्या सबै ल्याउनुभएको छ । समस्या बुझेको देखिन्छ । केही समाधानका बारेमा गगनजीले समेट्नु भएको छ । तर, पूर्ण हुन सकेन । कुनैपनि दस्तावेज समाधान गर्ने गरी आएनन् ।’
निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको पौडेलको भनाइ छ । ‘जो कांग्रेसमा बसौं कि अरु तिर जाऔं भन्ने मनस्थिति बनाएका छन् । यस्तो सन्देशले कांग्रेसमै रोक्न सकिन्न,’ पौडेलले भने । सुशासन शब्दले प्रतिवेदनमा एकदमै धेरै ठाउँ पाएपनि सुशासन ल्याउने विधिबारे प्रतिवेदन मौन रहेको पौडेलले सुनाए ।
तपाईको बिचार