बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

763

काठमाडौँ, ४ फागुन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १७ हजार १ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार