झलनाथ खनालद्वारा मिटरब्याज पीडितको आन्दोलनमा समर्थन

झलनाथ खनालद्वारा मिटरब्याज पीडितको आन्दोलनमा समर्थन

913

काठमाडौँ, २ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटर ब्याज पीडितहरूको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।

आज अपिल जारी गर्दै नेता खनालले मिटरब्याज पीडित किसानहरूको आन्दोलनप्रति समर्थन जनाउँदै उनीहरूका समस्याहरूलाई समाधान गर्न ठोस मद्दत गर्न आहन समेत गरेका हुन् ।

‘जुन कानुन बन्यो त्यसले किसानहरूलाई कुनै राहत र समाधान दिन सकेन । किसानहरू माथि भइरहेका लुट र अत्याचारहरू यथावत् जारी रहे । त्यसले गर्दा फेरि आज मिटरब्याज पीडित किसानहरू पुनः आन्दोलनमा उभिन बाध्य भएका छन्’, नेता खनालले भनेका छन् ।

‘हाम्रो देशका भूमिहीन, गरिब र मध्यम किसानहरूका समस्याहरूलाई गम्भीरतापूर्वक लिन, मिटर ब्याज पीडित किसानहरूका पीडालाई गहिरो गरी बुझ्न, उनीहरूका समस्याहरूलाई आधारभूत रूपले समाधान गर्न, किसानहरूलाई यस पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढङ्गले कदम चाल्न, मिटर ब्याज पीडकहरूलाई कडा कारबाही गर्न र किसानहरूलाई अधिकतम न्याय दिने हिसाबले क्रान्तिकारी कदम चाल्न म सरकारसँग जोडदार माग गर्दछु’ खनालले अन्यथा, परिस्थिति अझ जटिल बन्ने चेतावनी दिएका छन् ।

तपाईको बिचार