काठमाडौँ, १ फागुन । नेकपा एमालेले फागुन ८, ९ र १० गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अनौपचारिक रुपमा नेताहरुबीच फागुन ८ देखि १० मा केन्द्रीय समिति बैठक बोलाउने सहमति भएपनि औपचारिक रुपमा भने सचिवालय बैठक बसेर मिति घोषणा गर्ने छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे प्रतिवेदन पेश गर्नेछन् भने प्रदेश अध्यक्षहरुले प्रादेशिक रिपोर्ट पेश गर्नेछन् ।
तपाईको बिचार