धनगढी, १ फागुन । नेकपा (एमाले) कैलाली जिल्लाको ९औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुँदैछ ।
उक्त अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ । अधिवेशनका लागि प्रतिनिधि समेत छनौट भैसकेको हुनाले पदाधिकारीका आकांक्षीहरु आफ्नो उम्मेदवारी घोषणाको तयारीमा रहेका छन् । जिल्लाको नेतृत्व लिन चाहने नेताहरुले अब चुनिएर आएका प्रतिनिधिहरुलाई आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै दौडधुप सुरु गरेका छन् ।
अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वसचिवालय सदस्य यज्ञराज ढुंगानाको जिल्ला अध्यक्षका लागि विशेष चर्चा हुने गरेको छ । गत २७ गते प्रतिनिधि छनौटमा पार्टीभित्रकै एकथरीले रोक्ने कोशिस गरेका थिए तर निर्वाचनको पनि सामना गरि उनी त्यो समुहलाई नै पराजित गरि अत्याधिक मतका साथ प्रतिनिधिमा चयन भएका छन् । प्रतिनिधि आउनमै रोक्न गरिएका सबै हतकण्डाहरु विफल बनाइ सर्वाधिक मतसहित प्रतिनिधि चयन भएपछि ढुंगानालाई प्रतिनिधिमै रोक्न खोज्नेबीच तरंग उत्पन्न भएको छ । भुगोलमा कार्यकर्तामाझ अत्यन्त लोकप्रीय ढुंगानाका पक्षमा ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरु रहेको जिल्लाका अगुवा नेताहरुले बताउन थालेका छन् ।
राजनीतिसंगै व्यवसायमा पनि रहेका ढुंगाना सामाजिक कामहरुमा पनि त्यत्तिकै व्यस्त हुन्छन् । उनी धनगढीमा अवस्थित नवजीवन हस्पिटलका अध्यक्ष हुन् । उनले हस्पिटलमार्फत दीनदु:खी जनताहरुको सेवापनि गर्ने गरेका छन् । नम्र स्वभाव,पारदर्शी व्यवहार र परिपक्वता उनका प्रमुख विशेषता हुन् । आफ्नो जिम्मेवारी र भुमिकालाई कुशलताका साथ निभाउन सक्ने क्षमता ढुंगानामा छ। वर्तमान कैलाली जिल्लाका पदाधिकारीले पार्टीलाई कमजोर बनाएको समयमा उनलाई पार्टी निर्माणको नयाँ विकल्पको रुपमा उभ्याउन खोजिएको छ । आगामी अधिवेशनबाट ढुंगानालाई सर्वसम्मत नेतृत्वका रुपमा अघि सारिने र त्यो सम्भव नदेखिए निर्वाचन प्रक्रियामार्फत भएपनि नेतृत्वमा ल्याई छाड्ने अधिकांश प्रतिनिधिहरुको इच्छा रहेको एमाले कैलालीका नेताहरु बताउँछन् ।
तपाईको बिचार