बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते

बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते

753

चितवन, २७ माघ । चितवनमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

घाइते सबै बसका यात्रु रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।  घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र  बसका चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको बिचार

सम्बन्धित खबर