जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

819

काठमाडौँ, २६ माघ । जबरजस्ती करणीको आरोपमा भोजपुरमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भोजपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर