२८५ किलो गाँजासहित तीन जना पक्राउ

२८५ किलो गाँजासहित तीन जना पक्राउ

759

काभ्रे, २२ माघ । काभ्रेको पनौतीबाट साढे २ क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार पनौती नगरपालिका–५ आईटि पार्कस्थित पनौती बनेपा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा २८५ किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो ।

पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडीमा चेकजाँच गर्दा भर्खर काटेको जस्तो हरियो देखिने अप्रशोधित गाँजा प्लाष्टिकका ७३ वटा बोरामा फेला पारिएको हो । प्रहरीले सो परिमाणको गाँजासहित नुवाकोट विदुर–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष ३५ को बुद्धमान तामाङ, रामेछापको रामेछाप– ८ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष २० को सञ्जिव तामाङ र सोही स्थान बस्ने वर्ष ५३ कि विमला तामाङलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएको उनीहरुमाथि थप अनुसन्धान भइरहेको भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर