आजको मौसम

आजको मौसम

727

काठमाडौँ, २० माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम सफा रहेको छ । तराई–मधेश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति सुदूरपश्चिम प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी  प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर