नेप्से सूचक दोहोरो अंकले बढ्यो

नेप्से सूचक दोहोरो अंकले बढ्यो

741

काठमाडौँ, १६ माघ । आज नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको छ ।

अघिल्लो दिन नेप्से सूचक १०.२६ अंकले बढ्दै २१ सय ४.७२ अंकमा अडिएको थियो । उसो त आज कारोबारमा समेत बढोन्नती आउँदै ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ५१ लिखा ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन १० अंकले नेप्से बढेको बजारमा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक ३.५६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक १.७६ प्रतिशतले, होटल तथा पर्यटन समूह १.५९ प्रतिशतले र हाइड्रोपावर समूह १.४७ प्रतिशतले बढेको छ ।

बाँकी समूह १ प्रतिशत कमले बढ्दा बैंकिङ समूह ०.१७ प्रतिशत, फाइनान्स झिनो प्रतिशतले, माइक्रोफाइनान्स ०.३० प्रतिशतले र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

तपाईको बिचार