अजरबैजान पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने एक जना पक्राउ

अजरबैजान पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने एक जना पक्राउ

725

काठमाडौँ, १६ माघ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै ३३ लाख दुई हजार रुपैयाँ ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।

बारा कोल्वी नगरपालिका–४ का  ३३ वर्षीय रामशरण शिवाकोटीले मिराकल कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै तीन जनालाई ठगेको प्रहरीले जनाएको छ ।

शिवाकोटीले युनिसा आलेमगर र राजन प्रसाईँसहित तीन जनाबाट क्रमश: १६ लाख ५० हजार र १६ लाख ५२  हजार ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर