कांग्रेसका पुराना र परम्परागत गुट भत्काउनै पर्छ : महामन्त्री शर्मा

कांग्रेसका पुराना र परम्परागत गुट भत्काउनै पर्छ : महामन्त्री शर्मा

845

झापा, १५ माघ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन्। उनले आफू वर्तमानमा स्वतन्त्र कांग्रेस रहेको दाबी समेत गरे।

गृहनगर झापाको धुलाबारीमा सोमबार (आज) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने संकेत गरे।

‘प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर आफूले सभापतिमा प्रतिस्पर्धा गर्नु पनि पर्ने हुन्छ सक्छ,’ शर्माले भने, ‘पूर्णबहादुर खड्का र शेखर कोइराला मध्ये एकजनालाई सभापति छाडेर उपसभापतिमा बस्नु पर्ने अवस्था पनि नहोला भन्न सकिन्न।’

पार्टीभित्र झापामा अहिले मनोवैज्ञानिक एकता रहेको शर्माको टिप्पणी छ। महामन्त्री शर्माले अनुभवका आधारमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको सांसद बनाएको खुलाए।

 कार्यकर्ता पंक्तिमा जनताबाट पटकपटक अस्वीकृत नेता सिटौलालाई राष्ट्रियसभामा लगेको आवाज चर्को बनेको बेला महामन्त्री शर्माले त्यस्तो मत राकेका हुन्। शर्माले पछिल्लो समय सिटौलासँग छ्याप्पै मिलेको आरोप खेप्दै आएका छन्।

विकास निर्माण संगठन निर्माणको आधार हुने तर्क गरेका उनले संघीयता  समृद्ध नेपाल बनाउने आधार भएको दावी गरेका छन्। हो। महामन्त्री शर्माले संघीयताले समृद्ध नेपाल बनाउने ठोकुवा  समेत गरे। शर्माले भने, ‘संघीयता काङ्ग्रेसले उठाएको मुद्दा नभई  हृदयले स्वीकार गरेको विषय हो।’

विकासक उग्र कुरा गर्ने पार्टी र तिनका नेताप्रति लक्षित गर्दै शर्माले विध्वंस गर्ने बम विष्फोटनको आवाज चर्को हुने तर समृद्ध मुलुक निर्माण गर्ने  स्वर मलिन हुने बताए। अघिल्लो दिन सहरी विकासमन्त्री सीता गुरुङ सहित आफू पुगेका स्थानका युवाले पछिल्लो दिन आफूलाई खोजेको समाचार पढेर र तस्वीर हेरेर आफू छक्क परेको सुनाए।

टायर बाल्ने, बाटो छेक्ने हुलहुज्जत गर्ने भन्दा पनि शान्तिपूर्ण तवरले आवाज उठाएको भन्दै ती युवाको उनले प्रशंसा गरे। दुई दिन अघिमात्रै शर्माको निर्वाचन क्षेत्रमा पर्ने ज्यामिरगढीका युवाले सांसद हराएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

तपाईको बिचार

सम्बन्धित खबर