वाणिज्य बैंकहरूको ब्याजदर अब एकल अंकमा झर्ने देखिन्छ : गभर्नर अधिकारी

वाणिज्य बैंकहरूको ब्याजदर अब एकल अंकमा झर्ने देखिन्छ : गभर्नर अधिकारी

863

काठमाडौँ, १० माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा वाणिज्य बैंकहरूको ब्याजदर १०.२५ प्रतिशतभन्दा बढी नभएको बताएका छन् ।

आज राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बैंकको ब्याजदर घट्दै जाने बताए ।

उनले भने, “अहिलेको वाणिज्य बैंकहरूले १०.२५ प्रतिशतभित्र नै कर्जा दिनुपर्ने बाध्यता छ,” “अब वाणिज्य बैंकहरूको ब्याजदर सिङ्गल डिजिट (एकल अंक) मै हुने देखिन्छ ।”

गभर्नर अधिकारीले नीति नियमका कारण नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको पनि तर्क गरे । अन्य मुलुकमा सानो कमजोरी भए बैंक समस्यामा गएको उनले बताए ‍।

तपाईको बिचार