मध्यपहाडका समस्याबारे सरकारलाई एमालेले बुझायो ध्यानाकर्षणपत्र

मध्यपहाडका समस्याबारे सरकारलाई एमालेले बुझायो ध्यानाकर्षणपत्र

781

काठमाडौँ, ९ माघ । एमालेले गत मङ्सिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट ताप्लेजुङको चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका माग एकीकृत गरी सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले जनस्तरबाट आएका साढे ७ सय बढी मागहरू, समस्या, समस्या समाधानका उपायसहित सहित लिखित जानकारी गराएको हो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षाा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षणपत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलमा अध्यक्ष ओलीसहित पदाधिकारी र अन्य नेताहरू उपस्थित हुनुहुन्थ्यो ।

तपाईको बिचार

सम्बन्धित खबर