दुई करोड नगदसहित तीनजना पक्राउ 

दुई करोड नगदसहित तीनजना पक्राउ 

713

काठमाडौँ, ५ माघ । हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागकाे टाेलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो ।

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको हो । घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।

अग्रवालको सुन, हुन्डी र क्रिप्टोकरेन्सीका कारोबारी भएको बुझिएको छ । उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर