भक्तपुरमा एक जना खेलाडी मृत फेला

भक्तपुरमा एक जना खेलाडी मृत फेला

785

काठमाडौँ, ४ माघ । भक्तपुरमा  खेलाडी मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् ।

बक्सिङ खेलाडी नीता गोसाइँ दुई दिनअघि भक्तपुरस्थित घरको कोठामा मृत फेला परेकी थिइन् । झुण्डिएर आत्महत्या गरेको भनिएको उक्त घटनामा आत्महत्या दुरुत्साहनकाे आरोपमा प्रहरी वृत्त जगातीको टोलीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यद्यपि प्रहरीले पक्राउ पर्नेको थप विवरण खुलाएको छैन । सशस्त्र प्रहरीको जवान पदमा कार्यरत समेत रहकी गोसाइँ भक्तपुर नगरपालिका ८ स्थित घरको कोठामा मृत फेला परेकी थिइन् । झुण्डिएको अवस्थामा २७ वर्षीय उनी फेला परेपछि प्रहरीमा खबर गरिएको थियो । उनको शव पोस्टमार्टका लागि पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर