बलात्कारको आरोपमा एकजना पक्राउ

बलात्कारको आरोपमा एकजना पक्राउ

740

काठमाडौँ, २ माघ । उदयपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–८, बेलटार मरुवाका ५० वर्षीय टंकबहादुर कार्की छन् । ४५ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ ।

सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । कार्कीले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार