त्रिशूलीमा गाडी खसेको आशङ्का, खोजी कार्यमा गोताखोर परिचालन

त्रिशूलीमा गाडी खसेको आशङ्का, खोजी कार्यमा गोताखोर परिचालन

797

काठमाडौँ, २ माघ । त्रिशूली नदीमा गाडी खसेको आशङ्कामा गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको छ । मुस्लिन प्रहरीले दिएको जानकारी अनुसार नारायणगढ–मुस्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का गरिएको छ।

स्थानीयले बिहान ४ः५० बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको र सो ठाउँमा नदीमा बत्ति बलेकोले प्रहरीले खोजी कार्य तीव्र पारेको हो ।

सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्स्पेक्टरको  कमान्डमा १३ जनाको फौज  बिहान ७ बजेबाट खोजी कार्यमा जुटेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको बिचार