काठमाडौँ, २६ पौष । साविक विजेता नेपाल एपिएफ क्लबलाई ३/१ को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब नेपाल पुलिस क्लब सुर्खेतमा जारी ३४ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पिन बनेको छ ।
सुर्खेतस्थित खुल्लामञ्चको कोर्टमा पहिलो सेट २५–२२ ले जितेको एपीएफले लगातार तीन सेट गुमायो । दोस्रो सेटबाट पुलिसले पुनरागमन गर्यो । पुलिसले दोस्रो सेट २५–१९ मा जित्दा तेस्रो सेटमा २५–१८ मा आफ्नो बनायो ।
निकैनै रोमाञ्चक बनेको खेलको चौथो सेटमा २५–२३ को जित निकाल्दै पुलिस च्याम्पियन बनेको छ ।
२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेसमफाइनल खेलेका थिए ।
तपाईको बिचार