काठमाडौँ, १२ पौष । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् ।
आजको पत्रकारसम्मेलनमा बोल्दै उनले आफूमाथि ठूलो दबाब पनि रहेको बताएका हुन् । घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चासो देखाएको बताएका छन् ।
डेडिकेटेड र ट्रंक लाइन बापत प्राधिकरणले उठाउन पर्ने महसुल लामो समयसम्म अनिर्णयको बन्दी बनेकाले किनारा लगाउने गरेर प्रधानमन्त्रीको चासो रहेको उनले बताएका हुन । घिसिङले भने,‘लामो समय अनिर्णयको बन्दीकारुपमा रहेको डेडिकेटेड र ट्रन्कलाईनको रकम उठाएरै छाड्ने नीतिमा प्राधिकरण पुगेको छ ।’ डेडिकेटेड र ट्रंक लाइनको रकम प्राधिकरणको मात्र विषय नभएको घिसिङले बताए ।
यो प्राधिकरणसहित मन्त्रिपरिषद्, लेखा समिति, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखको समेत चासो रहेको घिसिङको भनाई छ । यी निकायले पटकपटक रकम कहिले उठाउने भनेर प्राधिकरणलाई प्रश्न गरिरहेको घिसिङको भनाई छ ।
तपाईको बिचार