हेटौँडा, १२ पौष । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको बताएका छन् ।
आज हेटौँडा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीयता कार्यान्वयनको विषयमा तिनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरेको बताए । विश्वमा सङ्घीयता कार्यान्वयन गरेका मुलुकहरूको मोडल आफ्नै प्रकृतिको रहेको र नेपालले पनि आफ्नै भूगोलमा विशिष्ट प्रकारको सङ्घीयताको मोडल अपनाएको उनले बताए ।
उनले भने, ‘सङ्घीयता कार्यान्वयनमा त्यति समस्या छैन । सङ्घीयता कार्यान्वयनको सुरुवात राम्रो छ’ ‘अधिकार नभएर काम नै गर्न नसक्ने अवस्था छैन । संविधान कार्यान्वयन विषयमा भएका छलफलहरू सकारात्मक छ । सङ्घीय सरकार पनि सकारात्मक रहेको छ । केही तहगत अधिकार आउन सकेको छैन । छिट्टै नै संस्थागत रूपमा आउँछ । अधिकार प्रत्यायोजन गर्न नै प्रधानमन्त्रीले समिति गठन गरेर परिमार्जन गर्ने भन्ने निर्णय गरेका छन् । प्रक्रियागत रूपमा अधिकार प्राप्त हुन्छ ।’
तपाईको बिचार