गणतन्त्रलाई कमजोर पार्ने कुरालाई निस्तेज पार्नुपर्छ : सभापति देउवा

गणतन्त्रलाई कमजोर पार्ने कुरालाई निस्तेज पार्नुपर्छ : सभापति देउवा

741

काठमाडौँ, ८ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्ने बताएका छन् ।

आज ‘सन्त नेता’को छवि बनाएका भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए ।

‘उहाँको विषयमा खोजीनिती हुनुपर्छ । किताब राम्रोसँग लेख्नुपर्छ । हामी पार्टीबाट यसमा लाग्ने छौँ,’ उनले भने । देउवाले गणतन्त्र कमजोर पार्ने कुरा भइरहेको भन्दै निस्तेज पार्नुपर्ने बताए ।

‘अहिले गणतन्त्रलाई कमजोर पार्ने कुरा आइरहेको छ । त्यसलाई निस्तेज पार्नुपर्छ । यो व्यवस्थाका लागि भट्टराईको पनि योगदान छ, ’ उनले भने ।

तपाईको बिचार