मन्त्री किरातीको अभिव्यक्तिप्रति जनमोर्चाको आपत्ति

मन्त्री किरातीको अभिव्यक्तिप्रति जनमोर्चाको आपत्ति

699

काठमाडौँ, ६ पौष । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विवादास्पद अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।

आज पार्टीले एक विज्ञप्ति जारी गर्दै मन्त्री किरातीको ‘क्रिश्चियन नमान्नेहरू संविधान नमान्नेहरू हुन् तिनलाई जेल कोचौँ’ भन्ने अभिव्यक्ति भर्त्सनायोग्य रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपाल एउटा बहुधर्म, बहुभाषा, बहुसंस्कृति भएको मुलुक हो । हाम्रो संविधानले धर्म निरपेक्षतालाई स्वीकार गरेको छ । कुनै धर्मको पक्ष लिएर अन्य धर्मप्रति विद्वेष फैलाउने कुरा सामाजिक सद्भाव बिथोल्ने कुरा हो । मन्त्री जस्तो जिम्मेवार व्यक्तिले साम्प्रदायिक सद्भाव बिथोल्ने गरी दिएको अभिव्यक्ति न संविधान सम्मत छ न त मुलुकको सामाजिक सद्भावलाई अक्षुण्ण राख्ने खालको छ । त्यसैले जिम्मेवार पदमा भएका व्यक्तिले यस प्रकारका अभिव्यक्ति दिएर विखण्डनको उद्देश्य पुरा गर्न चाहने शक्तिलाई बल नपुर्‍याउन जोड दिन चाहन्छौँ ।’

तपाईको बिचार