काम नगर्ने अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज हुने

काम नगर्ने अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज हुने

785

काठमाडौँ, ३ पौष । सरकारले कानुन विपरीत गएका अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिम नै प्रदान नगरी अभिमुखीकरण तालिमका प्रमाणपत्र प्रदान गर्ने संस्थाहरू खारेज गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले दर्ता भएर तालिम नदिने संस्थाहरू खारेज गर्न लागिएको बताए ।

‘मेरो अध्ययन सकियो । मैले एक महिना धेरै ठाउँका अभिमुखीकरण तालिम दिने संस्थाहरूमा मेरो डेलिगेसन पठाए । ती डेलिगेसन पठाएर हेर्दा त्यहाँ अभिमुखीकरण तालिम सञ्चालन भएका छैनन् । अब ती संस्थाहरू खारेज गरिन्छ ।’ सचिव भण्डारीले भने ।

तपाईको बिचार