प्रधानमन्त्रीद्वारा कामको गति बढाउन निर्देशन

प्रधानमन्त्रीद्वारा कामको गति बढाउन निर्देशन

745

काठमाडौँ, ३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन र नतिजा निस्कने गरी प्रभावकारी कार्य सम्पादन गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् ।

विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले मुख्यसचिव डा वैकुण्ठ अर्याल र सचिवहरूलाई निर्देशन दिएका हुन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव र सचिवहरूलाई आवश्यक निर्देशन दिँदै नतिजामुखी काम गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘प्रधानमन्त्री कार्यालयका मुख्य डा बैकुण् अर्याल र सबै सचिवलाई राखेर उहाँले अब कामको गति बढाउन भनेर भन्नुभएको छ’, आचार्यले भने, ‘कतिपय गर्न भनेका कामहरू पनि भएनन् । मन्त्रीलाई दिएका निर्देशन र निर्णय पनि पालना भएनन् । कामको गियर बढाउनुस् भनेर भन्नुभएको छ ।’

तपाईको बिचार